समाचारशनिबार, बैशाख ११, २०७३
देश–विदेशका पत्रकारहरूद्वारा दीक्षितलाई रिहा गर्न आव्हान
विभिन्न सात देशका पत्रकार, बौद्धिक तथा प्राज्ञिकहरूले वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । नेपाल, भारत, बंगलादेश, बेलायत, अमेरिका, श्रीलंका र अष्ट्रेलिया पत्रकारहरूले ११ बैशाखमा संयुक्त विज्ञप्ति प्रकाशित गरेर यस्तो आग्रह गरेका हुन ।
हिमाल साउथ एसियन का संस्थापक सम्पादक तथा हिमाल मिडियाका सह–प्रकाशक दीक्षितलाई १० बैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको भोलिपल्ट उनीहरूले विज्ञप्ति निकालेका हुन । उनीहरुले नेपाल सहित दक्षिण एसियामै लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शिताको पक्षमा साहसिक आवाज उठाउँदै आएका दीक्षितलाई पक्राउ गरेकोप्रति गम्भिर चासो व्यक्त गरेका छन् ।
“हामीलाई थाहा छ कनक दीक्षित एउटा मानव अधिकार रक्षक र आफ्नो पेशामा पूर्ण प्रतिबद्ध उर्जावान पत्रकार हुन” संयुक्त विज्ञप्तिमा भनिएको छ, “उनलाई हिरासतमा राखिएको विषयमा पारदर्शी र स्पष्ट जवाफका लागि हामी नेपाल सरकारलाई आव्हान गर्दछौं ।” विज्ञप्तिमा अगाडि भनिएको छ, “उनको अधिकार र सुरक्षाप्रति हामी गंभिर छौं ।”
विज्ञप्ति जारी गर्ने पत्रकार, बौद्धिक तथा प्राज्ञिकहरू