खेलकुदशनिबार, बैशाख ११, २०७३

गणेश थापाको अपिल फिफाले खारेज गर्यो

हिमालखबर

को जिम्मेवार? अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष छँदै १० वर्षे प्रतिबन्धमा परेका गणेश थापाको अपिल विश्व फुटबल महासंघ (फिफा)ले खारेज गरेको छ । दशक लामो प्रतिबन्धसँगै करिब २१ लाख रुपियाँमा जरिवानामा परेका थापाको अपिल १० बैशाखमा खारेज गरिएको फिफाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सांसद समेत रहेका थापाले भ्रष्टाचार गरेको ठहर भएपछि फिफाको इथिक्स कमिटीले २९ कार्तिकमा जरिवाना र प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । फिफा कार्यसमितिको चुनावमा भ्रष्टाचार गरेको अभियोग लागेका थापा तेस्रो पटक प्रतिबन्धमा परेका हुन । उनी पहिलो पटक चार महिना र दोस्रो पटक तीन महिना प्रतिबन्धमा परेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...