समाचारशनिबार, बैशाख ११, २०७३
प्रेस युनियनद्वारा पत्रकार दीक्षितलाई तत्काल रिहा गर्न माग
नेपाल प्रेस युनियनले पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “पत्रकार दीक्षितलाई तत्काल रिहा गरि बाँकी अनुसन्धान प्रक्रिया अघि बढाउन युनियन जोडदार माग गर्दछ ।”
युनियनले पत्रकार दीक्षित पक्राउको पृष्ठभूमि हेर्दा आयोगबाट नै अख्तियारकै दुरुपयोग भएको आशंकालाई बल दिएको जनाएको छ । “अख्तियारको दुरुपयोग भएको अवस्थामा कार्वाही गर्ने निकायका प्रमुखमाथि नै अख्तियारको दुरुपयोग गरेको गम्भीर आरोप लागेको यो अवस्थामा पत्रकार दीक्षितको आशंकालाई बल पुग्ने गरी अख्तियारका कुनै पनि प्रक्रिया अघी बढ्न नुहनेमा युनियन प्रष्ट छ”, विज्ञप्तीमा उल्लेख छ ।
अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको योग्यता र नियुक्तिका लागि विधिरप्रक्रिया मिचिएकोबारे दीक्षितले पत्रकार र नागरिक अगुवाको रूपमा सार्वजनिक जवाफदेहिताको माग गरेकै बिषयमा पूर्वाग्रह साध्ने काम भएको पुष्टी हुने अवस्था आए यो अख्तियारकै लागि दुर्भाग्य सावित हुने युनियनले जनाएको छ ।