समाचारआइतबार, बैशाख १२, २०७३
प्रधानमन्त्रीद्वारा भूकम्पमा परी दिवङ्गत भएकालाई श्रद्धाञ्जलि
गत वर्ष १२ वैशाख, २०७२ को विनासकारी भूकम्पमा परी दिवङ्गत भएकाहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज, १२ वैशाख बिहान सुन्धारा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गरे ।
सो अवसरमा उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीले पनि भूकम्पमा परी मृत्यवरण गर्नु भएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे । यसअघि पर्यटन व्यवसायी र्यालीसहित श्रद्धाञ्जलिस्थल पुगेका थिए ।
आजकै दिन गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो । त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो ।