समाचारआइतबार, बैशाख १२, २०७३

‘भूकम्पपीडितसँग अनुदार व्यवहार भयो’

हिमालखबर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भूकम्प गएको एक वर्ष बित्दा पनि राहत र पुनःनिर्माणमा ढिलाइ गरेर सरकारले भूकम्पपीडितसँग अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् ।

‘गोरखा भूकम्प’को एक वर्ष पूरा भएका अवसरमा नेपाल प्रेस युनियन लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले भूकम्प पुनःनिर्माणका लागि विदेशी सहयोग जम्मा गरेको रकम समेत सदुपयोग गर्न नसकेको दोषारोपण गरे ।

एक फरक प्रसङ्गमा उनले कांग्रेस तत्काल सरकार बनाउने र गिराउने खेलमा नलागी संविधान कार्यान्वयमा केन्द्रित भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>