Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पक्राउ पर्नुअघि दीक्षितले अख्तियारलाई लेखेको पत्र - Himalkhabar.com

दस्तावेजआइतबार, बैशाख १२, २०७३

पक्राउ पर्नुअघि दीक्षितले अख्तियारलाई लेखेको पत्र

हिमालखबर

पक्राउ पर्नुअघि दीक्षितले अख्तियारलाई लेखेको पत्र वरिष्ठ पत्रकार कनकमणि दीक्षितले पक्राउ पर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो पत्र लेखको थिए ।

श्रीमान् अनुसन्धान अधिकृतज्यू
कक्ष नं. ४१६
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं ।

विषय:– आयोगबाट मेरो नाममा जारी भएको मिति: २०७३/१/२ को सूचनाको सम्बन्धमा ।

महोदय,
उपर्युक्त सम्बन्धमा आयोगबाट मेरो नाममा जारी भएको मिति २०७३/१/२ गतेको सूचना प्राप्त भई व्यहोरा अवगत भयो । सूचनामा आयोगमा उपस्थित हुनु भनी उल्लेख भएकै दिनमा यो निवेदन गरेको व्यहोरा अनुरोध छ । सूचनाको सम्बन्धमा देहाय बमोजिम उल्लेख गरेको छु:–

१) आयोगले मेरो सम्बन्धमा अनुसन्धान गर्ने क्षेत्राधिकार नराख्ने सम्बन्धमा यस अगावै मैले आयोगलाई जानकारी गराइसकेको यथार्थता पुनः स्मरण गराउँदछु ।

२) म निवेदक साझा यातायातको अध्यक्ष भएकोले अधिकारक्षेत्र सृष्टि गर्न खोजिएको भन्ने आयोगबाट प्रेषित सूचना र पत्रहरूबाट देखिन्छ । म साझा यातायातको अध्यक्ष हुनुअघि मेरो के कति सम्पत्ति थियो र साझा यातायातको अध्यक्ष भएपश्चात् मेरो सम्पत्ति के कति वृद्धि भएको हो ? र मैले साझा यातायातको अध्यक्षको हैसियतले साझा यातायात वा अन्य सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना, हानिनोक्सानी गरे गराएको हो ? भन्ने सम्बन्धमा सूचनामा केही उल्लेख हुनसकेको छैन । यसबाट मेरो सम्बन्धमा निराधार र मनोमानी रूपबाट मलाई हतोत्साही बनाउने उद्देश्यले काम कारबाही गरिएको देखिएको पुनः निवेदन गरेको छु ।

३) म निवेदकलाई आयोगका प्रमुख आयुक्तज्यूले इवी साध्नको लागि बलात् रूपबाट क्षेत्राधिकार प्रयोग गरी कार्य गरे गराएको पुष्टि भएकोले प्रारम्भतः सबै कामकारबाहीहरू शून्यपूर्ण रहेको मेरो निवेदन छ । त्यस आयोगले मेरो विरुद्धमा आरम्भ गरेको कारबाहीको सम्बन्धमा मैले सम्मानित श्री सर्वोच्च अदालतमा दायर गरेको ०७२–डब्लुओ–०४०९ को रिट निवेदन र उक्त निवेदन पत्रमा सम्मानित सर्वोच्च अदालतबाट भएको आदेशको सम्बन्धमा आयोग र श्रीमान् अनुसन्धान अधिकृतज्यू समेतलाई पहिले नै जानकारी भइसकेको व्यहोरा समेत स्मरण गराउन चाहन्छु । साथै सम्मानित अदालतको आदेशको पालना नभएकोमा पनि ध्यानाकर्षण गराएको व्यहोरा जानकारी गराउँदछु ।

४) उपरोक्त परिवेशमा मेरो विरुद्धमा कारबाही गर्ने आयोगको क्षेत्राधिकार नभएको र पूर्वाग्रही भई कारबाही गर्न नमल्निे विवाद रहित छ । स्पष्टीकरण स्वभाव र प्रकृतिले नै के कुन विषयवस्तुमा स्पष्ट पार्नुपर्ने हो भन्ने सम्बन्धमा स्पष्ट पार्नुपर्ने विषयवस्तु तोकी यकिन गरी लिखित रूपमा मागिने हुन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १५ मा स्पष्टीकरण सम्बन्धी व्यवस्था रही उक्त दफामा आरोपको संक्षिप्त विवरण उल्लेख गरी स्पष्टीकरण माग्नुपर्ने भन्ने व्यवस्था रहेको छ । सोही बमोजिमको व्यवस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ का नियम १४ समेतमा रहेको छ ।

उक्त व्यवस्थाहरू बमोजिम मेरो नाममा जारी भएको जस्तो सूचना जारी गरी स्पष्टीकरण लिन मिल्ने देखिंदैन । मेरो नाममा स्पष्टीकरण लिनुपर्ने भएकोले हाजिर हुन आउनु भनी जारी भएको सूचनामा सो बमोजिम स्पष्ट पार्नुपर्ने विषयवस्तुहरू उल्लेख गरी लिखित रूपमा स्पष्टीकरण माग गरिएको नभई तपाईंले पेश गर्नुभएको सम्पत्ति विवरण फारममा उल्लेख गर्नुभएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विवरण र छानबीनबाट प्राप्त विवरणबाट बैंक खाताहरूको विवरण फरक पर्न गई भन्ने उल्लेख छ ।

सूचनामा कुन बैंक तथा वित्तीय संस्थाको विवरण के कसरी आयोगको क्षेत्राधिकार भित्र पर्ने गरी फरक परेको भनी यकिन उल्लेख नभई गोश्वारा रूपबाट विवरण फरक परेको भनी उल्लेख भएको र स्पष्टीकरण लिखित रूपबाट माग नगरिएकोले स्पष्ट पार्नुपर्ने विषयवस्तुहरू आयोगको क्षेत्राधिकार भित्र पर्ने भएमा र सम्मानित अदालतमा विचाराधीन रिट निवेदनको आदेश बमोजिम भ्रष्टाचारपूर्ण कार्यको अन्यथा प्रमाणित नहुने गरी प्रमाणित भएको प्रारम्भिक प्रमाणहरूबाट पुष्टि हुने अवस्थामा स्पष्टीकरण पेश गर्न सकिने व्यहोरा अनुरोध छ ।

इवी, पूर्वाग्रह आदिबाट अधिकारक्षेत्रको सृष्टि र मेरो सम्बन्धमा भ्रष्टाचारको दागसम्म पनि लाग्न नसक्ने भएकोले त्यस आयोगमा हाजिर हुनुपर्ने अवस्था नभएकोले यो निवेदन दर्ता गरी जानकारी गराएको छु । उपरोक्त बमोजिम आयोगको क्षेत्राधिकार भित्र पर्ने विषयमा स्पष्ट पार्नुपर्ने विषयवस्तुहरू यकिन रूपमा उल्लेख गरी लिखित रूपबाट स्पष्टीकरण माग गरिएमा सम्पूर्ण तथ्यहरू उल्लेख गरी स्पष्ट पारिएको विषयवस्तु पुष्टि हुने सम्बद्ध प्रमाणहरू समेत संलग्न गरी स्पष्टीकरण पेश गर्ने व्यहोरा सादर अनुरोध छ ।

कनकमणि दीक्षित
मिति२०७३/१/८ गते

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>