समाचारआइतबार, बैशाख १२, २०७३

लोकमानसिंहको सम्पत्ति विवरण सार्वजनिककाे माग गर्दै निवेदन

हिमालखबर

lokman 1अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै अर्काे निवेदन पेश भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियान, नेपालका सुमन श्रेष्ठले यसअघि दिएको निवदेनमा कार्बाही नभएको भन्दै फेरि अख्तियारमै निवेदन दिएका हुन् । तीन साताअघि दिएको निवेदनको सुनुवाई नभएपछि १२ वैशाखमा फेरि अर्काे निवेदन दर्ता गरेका छन् ।

निवेदन दर्ता भएपछि श्रेष्ठले प्रेस विज्ञप्ती सार्वजनिक गरेका छन् । विज्ञप्तीमा उनले तीन हप्तासम्म पनि कार्बाही नभएकाले फेरि अर्काे निवेदन दिएको उल्लेख गरेका छन् ।

कार्बाही नहुनुले कार्कीको चरित्रमाथि गम्भीर शंका पैदा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा उल्लेख गरिएको छ, “नेपालमा दिन प्रतिदिन भ्रंष्टाचार र बेथितिले जरा गाडिरहेको छ तर, भ्रष्टाचार निवारणको लागि स्थापित संस्था आफैंमा दिन प्रतिदिन अपारदर्शी र गैह्र जिम्मेवार तवरले चल्न रतथा आफ्नो कार्यक्षेत्र बाहिर हस्तक्षेप गर्दै विवादमा परिरहनु हामी सर्वसाधरण नागरिकको लागि चिन्ताको विषय हो ।”

 बिज्ञप्ति:

मिति: बैशाख १२, २०७३, आइतबार

बिषय: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीज्युले आफ्नो नाममा रहेको सम्पत्ति सार्बजनिक नगरेको सम्बन्धमा ।

गत बर्ष चैत्र २२, २०७२ मा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रमुख आयुक्त सम्मानित श्री लोकमान कार्कीज्यूको सम्पति विवरण सार्बजनिक गर्न माग गर्दै अख्तियारमै दिएको निबेदन उपर झन्डै ३ हप्ताको समय सम्मपनि अख्तियारले देखाएको मौनताले भ्रस्टाचार निवारणप्रति अख्तियार प्रमुखको चरित्रमा गम्भीर शंखा उत्पन्न गरेको छ । आजभन्दा ३ हप्ता अगाडी लोकमान कार्की ज्युको सम्पत्ति सार्बजनिक गर्न माग गर्दै दर्ता गरिएको निबेदनको उजुरी चलानी नम्बर २१८४१ रहेको छ । नेपालमा दिनप्रतिदिन भ्रस्टाचार र बेथितिले जरा गाडी रहेको छ तर भ्रस्टाचार निवारणको लागि स्थापित संस्था आफैमा दिनप्रतिदिन अपारदर्शी र गैह्र जिम्मेवारी तवरले चल्नु तथा आफ्नो कार्यक्षेत्र बाहिर हस्तक्षेप गर्दै विवादमा परिरहनु हामी सर्बसाधारण नागरिकको लागि चिन्ताको बिषय हो । नेपालमा भ्रस्टाचार निवारणका लागि सर्बप्रथम भ्रस्टाचार बिरोधि निकायहरु नै पारदर्शी रुपमा चल्नु पर्ने माग गर्दै भ्रस्टाचार बिरोधि युवा अधिकारकर्मीको रुपमा महिले आज अख्तियारमै लोकमान कार्कीज्यूको सम्पत्ति माग गर्दै पुन निबेदन दर्ता गराएको छु ।  आज लोकमान कार्की ज्युको सम्पत्ति सार्बजनिक गर्न पुन माग गर्दै दर्ता गरिएको निबेदनको उजुरी चलानी नम्बर २३५५६ रहेको छ ।

 

अन्तमा भ्रस्टाचार बिरोधि अभियानमा हामी युवा पुस्ता ससक्त्त रुपमा अगाडी बढ्न आवहान गर्दछु ।

 

धन्यवाद,

सुमन श्रेष्ठ

भ्रस्टाचार बिरुद्दको अभियान नेपाल

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>