समाचारआइतबार, बैशाख १२, २०७३
दीक्षितलाई कानून व्यवसायीसँग भेट्न दिन अदालतको आदेश
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितसँग उनका कानून व्यवसायीलाई भेट्न दिन विशेष अदालत, काठमाडौंले आदेश दिएको छ ।
१० वैशाखमा पक्राउ गरेर अख्तियारले नियन्त्रणमा राखेका दीक्षितलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाउनका लागि म्याद थप गर्न माग गर्दैै अख्तियार विशेष अदालत गएको थियो ।
अदालतमा बहषका क्रममा दीक्षितका कानून व्यवसायीले आफूहरुलाई भेट गर्नसमेत नदिएर अख्तियारले दीक्षितको मानवअधिकारको हनन गरेको बताएपछि अदालतले भेट गर्न दिन आदेश दिएको हो ।
साथै विशेषले पक्राउ परेको दिन १० वैशाखदेखि लागू हुने गरी १० दिन हिरासतमा राख्न म्यादसमेत थप गरिदिएको छ ।
विशेष अदालत काठमाडौंका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरु प्रभा वस्नेत र महेशराज पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । उच्चरक्तचापका विरामी दीक्षितको मुटु र छातीमा समस्या देखिएपछि उनको अख्तियारकै नियन्त्रणमा वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
