अर्थ/बजारआइतबार, बैशाख १२, २०७३

नबिल बैंकको तीन नयाँ प्रोडक्ट

हिमालखबर

नबिल बैंकको तीन नयाँ प्रोडक्ट
नबिल बैंकले स्मार्ट बैंक, शेयर कर्जा र शेयर खाता शुभारम्भ गरेको छ । नबिल स्मार्ट बैंक मोबाइल बैंकिङ्ग सर्भिसको सुधारिएको संस्करण हो । यसमा नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको छ ।

यस्तै नबिल स्मार्ट बैंकले प्रयोगकर्ताहरुलाई एसएमएस र इन्टरनेटको माध्यमद्वारा नबिल बैंक सहित ई–सेवा सञ्जालमा रहेका अन्य ३४ बैंक तथा वित्तिय संस्थाहरुमा रहेका खाताहरुमा वास्तविक समयको आधारमा रकम ट्रान्सफर गरिने बैंकले जनाएको छ ।

शेयर खाता एक नबिनतम बचत खाता हो, जसमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरुको शेयरमा लगानी गर्न इच्छुक व्यक्तिहरुका लागि सेवा र सुविधाहरु थप गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...