समाचारसोमबार, बैशाख १३, २०७३
अख्तियारद्वारा अदालतको आदेश अटेर, दीक्षितलाई वकिलसँग भेटन दिइएन

अदालतको आदेश विपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उसको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितसँग भेटन उनका वकिल शम्भु थापालाई भेट्न दिएको छैन ।
कानून व्यवसायीसँग भेट्न दिनु भन्ने अदालतको आदेशलाई अटेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उसको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितलाई कानून व्यवसायीसँग भेट्न दिएको छैन ।
हिजो, १२ वैशाखमा विशेष अदालत काठमाडौंले दीक्षितलाई कानून व्यवसायीसँग भेट्न दिनु भन्ने अख्तियारलाई आदेश दिएको थियो ।
तर, अख्तियारकै नियन्त्रणमा वीर अस्पतालमा उपचाररत पत्रकार दीक्षितलाई भेट्न पुगेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई अख्तियारको ठाडो आदेशमा त्यहाँ रहेका प्रहरीले भेट गर्न दिएका छैनन् ।
दीक्षितका कानून व्यवसायी थापा आज, १३ वैशाख विहान उनलाई भेट्न केही बेरअघि वीरअस्पताल पुगेका थिए ।
कानून व्यवसायीसँग भेट्न नदिने अख्तियारको कार्य संविधान प्रदत्त मौलिक हकको समेत विरुद्ध छ । नेपालको संविधानको धारा २० ले गरेको व्यवस्था यस्तो छः
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
