समाचारसोमबार, बैशाख १३, २०७३

संसद् अधिवेशन २१ वैशाखमा बोलाउन राष्ट्रपतिलाई पत्र

हिमालखबर

सभामुख ओनसरी घर्तीले २१ बैशाखमा संसद्को बजेट अधिबेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् ।

प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल बजेट अधिवेशन बोलाउन सरकारसग माग गरेसँगै सभामुखले १३ बैशाखमा राष्ट्रपतिलाई पत्र पठाएकी हुन् ।

सरकारसँग परामर्श गरेर राष्ट्रपतिलाई पत्र लेखेको सभामुखका प्रेस सल्लाकार बबिन शर्माले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बैठक बोलाउने कानूनी व्यवस्था भएपनि सभामुखले समय कम भएकाले आफैंले बैठकका लागि राष्ट्रिपतिलाई पत्र पठाएको शर्माले बताए ।

नयाँ संविधानमा वार्षिक बजेट १५ जेठ भित्र पेश गरिसक्नुपर्ने सवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>