थप समाचारसोमबार, बैशाख १३, २०७३

पर्साः आगलागीमा १५ वटा घर जलेर नष्ट

हिमालखबर

aaglagiपर्साको औराहा–४ सन्ठीमा आगलागीबाट १५ घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय नेपाल राष्ट्रिय मावि सण्ठीको पर्खालमा पनि क्षति पुगेको छ ।

आगलागीबाट करिब रु ३० लाख बरबारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक लक्ष्मण गौतमले जानकारी दिए ।

स्थानीय जनक राउत कुर्मीको घरमा खाना पकाउनका लागि चुल्होमा बालिएको आगो राम्रोसँग ननिभाएका कारण दुर्घटना भएको हो ।

आगलागीबाट स्थानीय जनक राउत कुर्मी , रेखा राउत कुर्मी, कमलेश साह, चन्द्रिका राउत कुर्मी, कन्हाइ राउत कुर्मी, श्रीमति कुर्मीनी, राजेश राम, रामदेव राउत कुर्मी, दुःखी महतो, मुकेश महतो, विनोद महतो, रामआधार महतो, पारस राउत कुर्मी, मन्सी साह र राममणी राउत अहिरको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तस्वीर: जियालाल साह

तस्वीर: जियालाल साह

मध्यान्ह १२ बजे तिर लागेको आगो वीरगन्जबाट गएको दकमलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले दिउँसो २ बजे तिर नियन्त्रणमा आएको थियो ।

आगलागी भएको स्थानमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे सहितको टोली तत्कालिन राहत सामाग्री लिएर गएका छन् ।

१२ बैशाखमा पर्साकै बहुअरी पिडरी र भौराटार गाविसमा भएको आगलागीमा १३ वटा घरगोठ जलेर नष्ट भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>