थप समाचारसोमबार, बैशाख १३, २०७३
औलो विरुद्ध २० पटक लडेका वैद्य
जनस्वास्थ्य विशेषज्ञ एवम् किटजन्य रोगका अनुसन्धानकर्ता ऋद्धिगोपाल वैद्यलाई २० पटक औलोले सताउँदा पनि उनले हार खाएनन् ।
ललितपुरको जावलाखेलका ऋद्धिगोपल बैद्यले सन् १७७० मा अमेरिकाबाट जनस्वास्थ्य विषयमा स्नाकोत्तरको अध्ययन पुरा गरेपछि नेपालमा इन्टोमोलोजिष्टको रुपमा मलेरिया (औलो) रोग नियन्त्रण कार्यालयमा काम थाले ।
यसै पनि नेपालको तराई क्षेत्रमा लामखुट्टेबाट फैलने औलोले निकै सताउँथ्यो । औषधि अहिलेजस्तो सहज थिएन । लामखुट्टेहरुको बानी ब्यबहारको अध्ययनअनुसन्धान गर्ने काम आइलाग्यो उनलाई ।
अनुसन्धानकै क्रममा कैलाली पुगेका बेला वैद्यलाई पहिलो पटक औलो रोग लाग्यो । १४ महिनाको कैलाली बसाईका क्रममा १२ पटकसम्म औलो लागेको उनी बताउँछन् । भन्छन्, “औलोको आनीबानी थाहा पाउन उसकै पछि लाग्नु प¥यो । लामखुट्टे पक्रने र मार्ने काम भएपछि औलो किन नलागोस् ।”
अनुसन्धानकै क्रममा जनकपुर, नवलपरासी लगायतका तराईका विभिन्न जिल्ला घुमेका उनलाई २० पटकसम्म औलोले सतायो । औलोको ज्वरोले ग्रस्त उनको शरीरले हार मानेन र लगातार काम गरिरहे ।
अन्तिम पटक नवलपरासीमा १० दिन काम गरेर फर्किएपछि हेटौैँडा आउँदा ज्वारो आएको र रगत परीक्षणबाट औलो थाहा भएको उनी बताउँछन् ।
“औलो सार्ने लामखुट्टेको पहिचान गरेर समात्ने काम गर्थेँ ।” बैद्य भन्छन्, “कस्तो जातको लामखुट्टेले मानिसलाई कतिखेर टोक्छ, भनेर अनुसन्धान गर्ने जिम्मेवारी थियो ।”
त्यसरी संलकन गरेको सूचना तथा तथ्याङ्कलाई कम्प्युटरमा सार्ने काम उनले सन् २००६ सम्म निरन्तर गरिरहे ।
मुलुकबाट औलो रोग निर्मुल पार्नका लागि ज्यानै जोखिममा पारेर लागेका ऋद्धिगोपाल बैद्य आफुले नेपालबाट औलो रोग निर्मुल भएको हेर्न चाहेको बताउँछन् । भन्छन्, “म नमर्दै नेपालबाट औलो रोग निमुर्ल भएको हेर्ने मन छ ।”
रामु सापकोटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
