समाचारसोमबार, बैशाख १३, २०७३
दीक्षितमाथि मिथ्या अभियोग, तत्काल रिहा गर्न माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई नीजि इबी साध्नका मिथ्या अभियोग लगाएको विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले बताएका छन् ।
१३ वैशाखमा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले दीक्षितजस्तो कर्तव्यनिष्ठ, देशभक्त र निडर नागरिकलाई अख्तियारले अधिकारक्षेत्रको दायराबाट बाहिर गएर मानसिक तथा शारीरिक प्रताडना दिई दोषि सावित गर्ने निरर्थक प्रयास गरेको उल्लेख गरेका छन् ।
“कानूनी मर्यादाको रक्षा गर्नुपर्ने संवैधानिक निकायबाटै देखाइएको यसप्रकारको व्यवहार वैयक्तिक स्वतन्त्रता, मानवअधिकार, विधिको शासन र लोकतान्त्रिक मूल्यप्रति विश्वास राख्ने जोकोहीका लागि चिन्ताको विषय हो। तसर्थ श्री दीक्षितविरूध्द अदुअआले आफ्नो अधिकारक्षेत्र नाघेर गरेको यो कारवाही तत्काल रोक्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्ति
२५ अप्रिल २०१६
पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरफ्तार गरी हिरासतमा राखेको छ। कानूनको सर्वोपरितालाई कसैले इन्कार गर्न सक्दैन। तर मिथ्या प्रकृतिका प्रतीत हुने अभियोगका आधारमा जुन तरिकाले उहाँलाई गिरफ्तार गरियो त्यसबाट नीजि इबी साध्ने, मानसिक तथा शारिरीक प्रताडना दिने र उहाँको हुर्मत लिने मनसाय देखिन्छ।
श्री कनक दीक्षित ख्यातिप्राप्त पत्रकार हुनाका साथै नागरिक समाजका सकृय परिचालक मध्येका हुनुहुन्छ र सामाजिक सेवामा उहाँको योगदान उहाँ संलग्न संस्थाहरूको लामो सूचिबाटै प्रमाणित हुन्छ। हाम्रो व्यक्तिगत र व्यावसायिक सम्बन्ध तथा संसर्गबाट हामीले उहाँलाई कर्तव्यनिष्ठ, इमान्दार, देशभक्त र आफ्नो विवेकमा लागेका कुरा निडरताका साथ व्यक्त गर्ने व्यक्तिका रूपमा पाएका छौं।
कुनै सरकारी निकायको वेतनभोगी पद धारण नगरेको उहाँ जस्तो कर्मठ, निश्छल र प्रवुध्द नागरिकलाई अदुअआले आफ्नो कार्यक्षेत्रको दायरा बाहिर गई दोषी साबित गर्ने कसरत गरेबाट हामीलाई आश्चर्य लागेको छ।
कानूनी मर्यादाको रक्षा गर्नुपर्ने संवैधानिक निकायबाटै देखाइएको यसप्रकारको व्यवहार वैयक्तिक स्वतन्त्रता, मानवअधिकार, विधिको शासन र लोकतान्त्रिक मूल्यप्रति विश्वास राख्ने जोकोहीका लागि चिन्ताको विषय हो।
तसर्थ श्री दीक्षितविरूध्द अदुअआले आफ्नो अधिकारक्षेत्र नाघेर गरेको यो कारवाही तत्काल रोक्नुपर्छ भन्ने कुरामा जोड दिँदै हामी तपसिलका नागरिक वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको रक्षार्थ उहाँप्रति ऐक्यवध्दता जनाउँछौँ र उहाँको यथाशीघ्र रिहाइको माग गर्दछौं।
ऐक्यवद्धता जनाउनेहरू
डा. अनुप पहारी
डा. अरुणा उप्रेती
कपिल श्रेष्ठ
डा. कुन्दन अर्याल
केदारभक्त माथेमा
केदार शर्मा
चरण प्रसाइँ
डा. तीर्थबहादुर श्रेष्ठ
ट्रिपल गुरुङ
थोमस वेल
दिनेश त्रिपाठी
दीप श्रेष्ठ
दीपक थापा
ध्रुव वस्नेत
प्रा. निर्मलमान तुलाधर
निलाम्बर आचार्य
डा. नोबल किशोर राई
प्रत्युष वन्त
भिक्टर प्राधान
मोहन मैनाली
यज्ञराज थापा
रम्यता लिम्बू
डा. राजेन्द्र प्रधान
रामशरण सेढाइँ
वसन्त थापा
विप्लव प्रतीक
शंकर तिवारी
शेखर खरेल
संगीता लामा
सरिता मिश्र
डा. सरोज धिताल
सुबोध प्याकुर्याल
सुविना श्रेष्ठ
सुशील प्याकुर्याल
सोम निरौला
हरि शर्मा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
