थप समाचारसोमबार, बैशाख १३, २०७३
महिला हत्याका आरोपी नौ वर्ष पछि पक्राउ
जघन्य प्रकृतिका मुद्दाहरुको अध्ययन तथा फर्छौट गर्ने सिलसिलामा इलाम प्रहरीले नौ वर्ष अघि भएको एक महिला हत्याका आरोपीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ईलामबाट आर्थिक वर्ष ०६४।६५ मा दर्ता भएको कर्तव्य ज्यान मुद्दाका दुई आरोपी मध्ये इलाम बरबोटे–७ बस्ने २९ वर्षीय हिमाल गुरुङलाई पक्राउ गरेको हो ।
भारतको सिक्किमा लुक्दै बसेका गुरुङलाई प्रहरीले घर आएको मौका छोपेर आइतबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक सुशील कुमार यादवले बताए ।
२०६४ साल मंसीर २० गते आफ्नै घरमा सुतिरहेकी इलाम बरबोटे– ७ की टीकामाया परियारको हत्याका आरोपी गुरुङ घटनालगतै फरार भई भारतको सिक्किममा बस्दै आएका थिए ।
परियारको निधारमा गम्भीर चोट लागी हत्या गरिएको अवस्थामा उनकै कोठामा शव फेला परेको थियो ।
हत्या पश्चात मृतकको घाँटी र कानमा लगाएको सुनको गहनासमेत लुटिएको पाइएपछि हत्या लुटपाटको उद्देश्यले गरिएको प्रहरीले निस्कर्ष निकालेको थियो।
घटनास्थल वरपर भेटिएको प्रमाणहरुका आधारमा अनुसन्धान गर्दा महिलाको हत्यामा गुरुङ र अर्का एक युवकको संलग्नता भएको पाइएपछि उनीहरुको खोजी शुरु गरिएको प्रहरी उपरीक्षक यादवले बताए ।
घटनामा संलग्न अर्का युवक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लक्ष्मी गौतम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
