खेलकुदसोमबार, बैशाख १३, २०७३

आइसीसीद्वारा क्यान निलम्बन

हिमालखबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ ।

२४ अप्रिलमा दुबईमा बसेको आइसीसी बोर्ड बैठकले क्यानलाई निलम्बन गरेको हो । निलम्बनपछि क्यानले आइसीसीबाट कुनै सहयोग पाउने छैन ।

यद्यपी यो निलम्बनले खेलाडीहरु भने प्रताडित हुन नपर्ने आइसीसीले जनाएको छ । आइसीसीको विज्ञप्तिमा भनिएको छ, “नेपाली क्रिकेट टोली आइसीसीका खेलहरुमा सहभागी हुन पाउने छ ।”

क्यानमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको जस्ता कारणले क्यानलाई निलम्बन गर्नु परेको आइसीसीले जनाएको छ ।

त्यसैगरी नेपाल खेलकुद परिषदले तदर्थ समिति गठन गरेको क्यानमाथि अदालतमा मुद्दा चलिरहेको जस्ताका कारणले गर्दा नेपालमा क्रिकेट नेतृत्व नरहेको आइसीसीले जनाएको छ ।

जबसम्म क्यानमा सरकारी हस्तक्षेप हटदैन, यसले स्वतन्त्र रुपमा काम गर्न पाउँदैन र नेपालका क्रिकेट प्रतिभाहरुको विकासमा सहयोग पुर्‍याउने सुनिश्चितता हुँदैन तबसम्म क्यानको निलम्बन फुकुवा नहुने आइसीसीले निर्णय गरेको छ ।

नेपालको क्रिकेट समुदाय र अन्य सरोकारवालहरुको सहकार्यमा नेपालमा क्रिकेटको दिगो प्रशासनिक संरचना स्थापित गरिने पनि आईसीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...