समाचारमंगलबार, बैशाख १४, २०७३
पत्रकार दीक्षितलाई रिहा गरः सिपिजे
दि कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)ले वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको छ ।
१० वर्षे सशस्त्र द्वन्द्वकालमा आलोचनात्मक रिर्पोटिङ गर्दै आएका हिमाल साउथएसियनका संस्थापक सम्पादक दीक्षितलाई सरकारी अधिकारीहरूले गरेको अपमानजनक व्यवहारप्रति सिपिजेले विरोध गरेको छ ।
“कनकमणि दीक्षित नेपालमा उत्तरदायी राजनीतिक डिस्कोर्सको पक्षमा आवाज बुलन्द गर्ने सम्मानित नाम हो”, सिपिजेका एशिया कार्यक्रम संयोजक बज डिज भन्छन्, “तसर्थ हामी दीक्षितलाई तत्काल रिहाई गर्न नेपालका अधिकारीहरुसँग माग गर्दछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
