समाचारमंगलबार, बैशाख १४, २०७३
असारभित्रै भूकम्पपीडितलाई छानामुनि ल्याउँछुः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने बताएका छन् ।
नेपाली कांग्रेसका सांसदहरुको प्रतिनिधिमण्डलले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ सम्बन्धी ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको बताए ।
अघिल्लो सरकारका पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले भने, “पुनःनिर्माणका सम्बन्धमा यथार्थपरक दृष्टिकोण र पारस्परिक सहयोगको आवश्यकता हुनुपर्छ ।” रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
