थप समाचारमंगलबार, बैशाख १४, २०७३
दीक्षितको गिरफ्तारी नेपालमा अभिव्यक्ति स्वतन्त्रता र विकासका लागि गम्भीर झट्काः फोरम–एशिया
मानवअधिकार र विकासका लागि दक्षिण एशिया मञ्च (फोरम–एशिया) ले पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको छ ।
“कनकमणि दीक्षितको गिरफ्तारी नेपालमा अभिव्यक्ति स्वतन्त्रता र विकासका लागि गम्भीर झट्का हो,” फोरम–एशियाका निर्देशक एवलिन बलाइस सेरानोले भनेका छन्, “उनलाई पक्राउ गर्दाको परिस्थिति र समयबाट यो व्यक्तिगत प्रतिशोध र धम्कीको रणनीति हो भन्ने देखिएको छ ।”
१३ बैशाखमा फोरम–एशियाको ब्यांककस्थित कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “कनकमणि दीक्षितको गिरफ्तारीले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक मतभेद बारे गम्भीर चिन्ता उत्पन्न भएको छ,”
उसले दीक्षितको तत्काल रिहाईको माग गर्दै सरकारसँग उनको गिरफ्तारीबारे स्पष्ट, पारदर्शी र स्पष्ट जानकारी दिन समेत माग गरेको छ ।
मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको संविधान अनुसार दीक्षितको अधिकार रक्षा हुनुपर्नेमा फोरम–एशियाले जोड दिएको छ ।
तीन वर्षअघि लोकमानसिंह कार्की अख्तियार प्रमुखमा नियुक्त हुँदा दीक्षितले विरोध गरेका कारण व्यक्तिगत इवी साध्न अख्तियारले उनलाई पक्राउ गरेको र अख्तियार प्रमुख (तत्कालीन मुख्य सचिव) कार्की जन आन्दोलन–२ का दोषि भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अन्तर्राष्ट्रिय पत्रकार महासंघ, सीपीजे, नागरिक अगुवाहरु, नेपाल प्रेस युनियन, विभिन्न देशका सम्पादक/पत्रकार, मानवअधिकार तथा शान्ति समाज नेपाल लगायतले दीक्षितको गिरफ्तारी व्यक्तिगत प्रतिशोध भन्दै उनलाई तत्काल रिहा गर्न माग गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
