समाचारमंगलबार, बैशाख १४, २०७३

२१ वैशाखमा बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

हिमालखबर

मन्त्रीपरिषद्ले आगामी २१ बैशाखमा संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

१४ बैशाखमा सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले २१ बैशाख बिहान ११ बजेका लागि सिफारिस गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।

१३ वैशाखमा मात्रै सभामुख ओनसरी घर्तीले २१ बैशाखमा संसद्को बजेट अधिबेशन बोलाउन राष्ट्रपतिलाई पत्र पठाएकी थिइन् । नयाँ संविधानमा बार्षिक बजेट १५ जेठभित्र पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्थ छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले पनि तत्काल बजेट अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो । संसदको बैठकमा प्रि–बजेटमा छलफल हुनेछ ।

–कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>