Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्प पीडितप्रति समर्पित - Himalkhabar.com

रमझममंगलबार, बैशाख १४, २०७३

भूकम्प पीडितप्रति समर्पित

हिमालखबर

सांगीतिक समूह ‘नेपथ्य’ले भूकम्प पीडितलाई समर्पण गर्दै ‘नराम्रो सपना देखेथेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

महाभूकम्पको स्मृतिमा बाहिर ल्याइएको भिडियोमा भूकम्पअघि र पछिका दृश्यहरू देखाइएको छ ।

झण्डै बाह्र वर्ष पहिले रेकर्ड गरिएको गीतलाई भूकम्पले पूनःपरिभाषित गरेको नेपथ्यका गायक अमृत गुरुङ बताउँछन् । “पोहोरको १२ बैसाखमा हामी अष्टे्लियामा सांगीतिक यात्रा गर्दैथियौं”, उनी भन्छन्, “नेपालमा भूइँ हल्लिरहेका बेला हाम्रो मन त्योभन्दा दोब्बर हल्लिएको थियो ।”

समूहले त्यहिबेलाबाट स्टेजमा यो गीत गाउँदा पृष्ठभूमिमा भूकम्पका तस्बिर पनि प्रस्तुत गर्न थालेको थियो ।

टोकियो र दुबईमा गीत सुनाइरहँदा दर्शक भावुक बनेका थिए । “तिनै कन्सर्टका दृश्यमा भूकम्पका फुटेज पनि जोडेर भिडियो बनाइएको छ”, नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, “विनाशकारी भूकम्पको स्मृतिमा भिडियोलाई चिनोको रूपमा लिन सकिन्छ भन्ने लागेको छ ।”

सिर्जनशील युवा जमात ‘कथाहरु’ ले निर्देशन गरेको भिडियो करिब साँढे पाँच मिनेट लामो छ ।

भिडियोलाई महाभूकम्पको ठीक एक वर्ष पुगिरहेको क्षण नेपथ्यको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>