Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेगा बैंकमा यसरी गाभियो पश्चिमाञ्चल डेपलपमेन्ट बैंक - Himalkhabar.com

अर्थ/बजारमंगलबार, बैशाख १४, २०७३

मेगा बैंकमा यसरी गाभियो पश्चिमाञ्चल डेपलपमेन्ट बैंक

हिमालखबर

Mega Bank

रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा औपचारिक रुपमै बैंक नेपाल लिमिटेडमा गाभिएको छ । बुटवलमा १३ बैशाखमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर संयुक्त कारोबार सुरु गरेको जानकारी दिए । मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान (स्वाप) गर्ने निर्धारण भएको छ ।

मेगा बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै उनले सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने बताए । बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने उद्देश्यले बुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको उनले उल्लेख गरे ।

मेगा बैंकका सिइओ अनिलकेशरी शाहले मर्जरसँगै मेगा बैंकलाई अन्य बैंकसँग पनि मर्जरका लागि ढोका खुल्ला गरेको बताए । पश्चिमाञ्चलका १४ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन् । यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ । कतिपय शाखालाई बजारको अध्ययन गरि पुनःस्थानान्तरण गरिने सिइओ शाहले जानकारी दिए ।

मर्जरपछि मेगा बैंकको चुक्ता पुँजीे ३ अर्ब २४ करोड पुगेको छ । यस्तै ३१ अर्ब निक्षेप, कर्जा २५ अर्ब ५ करोड रहेको छ । मेगा बैंकको देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १३ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>