समाचारमंगलबार, बैशाख १४, २०७३

पूर्व राष्ट्रपति यादवले पत्रकार दीक्षितलाई भेटे

हिमालखबर

अख्तियारको नियन्त्रणमा वीर अस्पतालमा उपचार गराइरहेका पत्रकार कनकमणि दीक्षितलाई भेटेर फर्कंदै पूर्व राष्ट्रपति रामवरण यादव । तस्वीर: बिक्रम राई/हिमालखबर

अख्तियारको नियन्त्रणमा वीर अस्पतालमा उपचार गराइरहेका पत्रकार कनकमणि दीक्षितलाई भेटेर फर्कंदै पूर्व राष्ट्रपति रामवरण यादव । तस्वीर: बिक्रम राई/हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितलाई पूर्व राष्ट्रपति रामवरण यादवले भेटेका छन् ।

अख्तियारको नियन्त्रणमै वीरअस्पतालमा उपचार गराईरहेका दीक्षित र पूर्व राष्ट्रपति यादवबीच १४ वैशाख दिउँसो करिब १५ मिनेट कुराकानी भएको थियो ।

उच्च रक्तचापका विरामी दीक्षितको मुटु र छातीमा समेत समस्या देखिएपछि उनको अख्तियारकै कडा पहराबीच वीरअस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

अख्तियारले १० वैशाख दिउँसो दीक्षितलाई ललितपुरको पाटन ढोकाबाट नियन्त्रणमा लिएको थियो । अख्तियारको उक्त कार्य प्रतिशोधबाट प्रेरित भएको भन्दै दीक्षितको रिहाईका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय संस्था र नागरिक समाजले माग गरिरहेका छन् ।

kanak2

kanak3

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>