समाचारमंगलबार, बैशाख १४, २०७३

अख्तियारको अनुसन्धान प्रक्रियाप्रति पत्रकार महासंघको आपत्ति

हिमालखबर

नेपाल पत्रकार महासंघले पत्रकार कनकमणि दीक्षितको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भएको गिराफ्तारी र त्यसपछिका काम कारवाहीप्रति आपत्ति प्रकट गरेको छ ।

महासंघले १४ वैशाखमा विज्ञप्ति जारी गर्दै दीक्षितको गिरफ्तारी र त्यसपछिका घटनाक्रमको सुक्ष्म अनुगमन गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस प्रकरणमा भएको गिरफ्तारी, त्यसपछिको कारवाही, न्यायिक प्रक्रियामा लैजान भएको आलटाल एवं अनुसन्धान निकायबाटै प्रेस जगतलाई समेत लाञ्छित गर्दै लगातार भैरहेको प्रचारवाजीले घटना सामान्य अनुसन्धानको प्रक्रियाभन्दा फरक रहेको देखाउँदछ ।”

पत्रकार दीक्षितको स्वास्थ्य अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै महासंघले भनेको छ, “महासंघ यस प्रकरणमा समग्र अवस्था र विषयको गाम्भीर्यतालाई समेत ध्यानमा राखी सम्बद्ध सवै क्षेत्रबाट तत्काल ठोस पहलको लागि आग्रह गर्दछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>