समाचारबुधबार, बैशाख १५, २०७३
अख्तियारले बरिष्ठ अधिवक्ता थापालाई अझै पत्रकार दीक्षितसँग भेट्न दिएन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ अभिवक्ता शम्भु थापालाई पत्रकार कनकमणि दीक्षितसँग भेट गर्न अझै दिएको छैन ।
१२ वैशाखमा विशेष अदालतले कानून व्यवसायीसँग भेट गर्न दिनू भन्ने आदेश दिएपनि अख्तियारले पत्रकार दीक्षितसँग भेट्न थापालाई दिएको छैन् । वीर अस्पतालमा उपाचारत पत्रकार दीक्षितलाई भेट्न अख्तियारको आदेश भन्दै प्रहरीले थापालाई राेक लगाएकाे छ ।
यसअघि १३ वैशाखमा पनि दीक्षितलाई भेटन गएका थापालाई प्रहरीले भेट गर्नबाट रोकेको थियो ।
तर, पत्रकार दीक्षितसँग अर्का अधिबक्ता सतिस खरेललाई भने भेट्न दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
