समाचारबुधबार, बैशाख १५, २०७३

भूकम्पपीडित ठूलीमायालाई नयाँ घर

हिमालखबर

तस्वीर: सुरजकुमार भूजेल

तस्वीर: सुरजकुमार भूजेल

मकवानपुरको टिस्टुङ–६ की ७६ वर्षीया ठूलीमाया स्याङ्तान भूकम्पले घर भत्काएको एक वर्षपछि नयाँ घरमा प्रवेश गरेकी छन् ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु टिएर फण्ड र राडो नेपालले रु ४ लाख ५० हजार खर्च गरेर उनका लागि नयाँ घर निर्माण गरिदिएका हुन् ।

टिएर फण्ड र राडो नेपालले पहिलो पटक मकवानपुरमा नमूना घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरेका हुन् ।

मकवानपुरको आग्रा र टिस्टुङमा भूकम्प पीडितका लागि ३९ वटा नमून घर बनाईने राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताए ।

नवनिर्मीत भवन एक समारोहकाबीच टिएर फण्डका कन्ट्री डाईरेक्टर दावा दिकास्त्रा र पुर्ननिर्माण प्राधिकरणका योजना अधिकृत प्रकाश देवकोटाले ठूलीमायालाई हस्तान्तरण गरेका थिए ।

भूकम्पले घर भत्काएपछि त्रिपालमुनी ओत लागेकी ठूलीमायाको दशैंको अष्टमीका दिन त्रिपालमा आगो लागेर जोडजाम गरेका सामान समेत जलेपछि विचल्ली भएको थियो ।

२४ वर्ष अघि पति गुमाएकी उनका दुई छोराको समेत किशोरावस्थामा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>