थप समाचारबुधबार, बैशाख १५, २०७३
काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई चन्द माओवादीले मोसो दले
नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई कार्यालय कक्षमै दूव्र्यवहार गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अखिलका कार्यकर्ताहरुले गौतमलाई मोसो दल्नुका साथै हातपात समेत गरेका थिए । संगठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप कुरा बुझिरहेको बताए ।
जिशिअ गौतमले राज्यको जिम्मेवारी लिई जनताको सेवा गर्न बस्दा तराईका जिल्लामा गोलीको समेत धम्की खेपेको जनाउँदै यस घटनालाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>