समाचारबिहीबार, बैशाख १६, २०७३
एमाले पार्टी विभागले पूर्णता पाउँदै
नेकपा एमालेले ९औं महाधिवेशन सकिएको झण्डै दुई बर्षपछि पार्टी विभागहरुलाई पूर्णता दिदैछन् ।
विवादले रोकिएको विभाग गठन प्रक्रिया धमाधम अघि बढाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठीत कार्यदलले सम्बन्धित विभागका प्रमुखसँगको समन्वयमा विभागलाई पूर्णता दिइदैछ ।
केन्द्रीय कमिटी बैठकको म्यान्डेड अनुसार कार्यदलले अहिलेसम्म १९ विभागलाई पूर्णता दिइसकेको छ । वैशाख पहिलो हप्ता सकिएको केन्द्रीय कमिटी बैठकले विभागलाई पूर्णता दिएर जाने तयारी भएपनि संगठन विभागमा रहने सदस्यहरुको विवादपछि कार्यदल गठन भएको थियो ।
महासचिव पोखरेल संयोजक रहेको कार्यदलमा सचिवहरु पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य छन् । कार्यदलले सबै विभागलाई पूर्णता दिएपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी एमालेले गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>