रमझमबिहीबार, बैशाख १६, २०७३
‘छाेरीहरु देउकी बनिरहेकै छ’
सञ्चारकर्मी देवकी बिष्टले सुदूरपश्चिममा बालिकालाई देवीका रुपमा मन्दिरमा चढाइने देउकी प्रथाबारे ‘देवकीः इन सर्च अफ देवी’ वृत्तचित्र निर्माण गरेकी छिन्।
त्यसो त भन्नका लागि देउकी प्रथा अहिले छैन। तर, ४५ मिनेटको यो वृत्तचित्रले लुकिछिपी अझै पनि गरीबका छोरीहरू देउकी बनिरहेको डरलाग्दो तथ्यको खुलासा गरेको छ।
वृत्तचित्रमा देवकीले यो कुप्रथाको इतिहास, यसलाई भरथेग गर्न प्रयत्नरत समुदाय र पहिल्यै देउकी चढेकाको पछिल्लो जीवन केलाएकी छिन्। बैतडी जिल्ला केन्द्रित वृत्तचित्र निर्माणमा निर्देशक देवकी आफैंले पटकपटक परिचय बदल्नुपरेको बताइन्।
सत्य देखाउन कतै देउकीको आफन्त, कतै देउकी किन्ने ग्राहक त कतै आफैं देउकी बन्नुपर्यो”, उनी भन्छिन्। लुकाएर खिचिएका केही फुटेजले पनि उनको मिहिनेत झल्काउँछ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
