थप समाचारबिहीबार, बैशाख १६, २०७३

मोर्चाद्वारा फेरि आन्दोलन शुरु, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हिमालखबर

morcha (2)संविधानप्रति असहमति जनाउँदै मधेस आन्दोलन स्थगित गरेको मधेसी मोर्चाले जनजातिहरुसँग मिलेर आन्दोलन थालेको छ ।

आन्दोलनको कार्यक्रम अन्तर्गत १५ वैशाखमा देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ । मधेसी, जनजातिसहित २७ दल सम्मिलित संघीय गठबन्धनले मधेस दुई प्रदेशसहित विभिन्न २६ बुँदे मागपत्र बुझाइएको छ ।

देशका अन्य जिल्लाजस्तै बारामा पनि गठबन्धनका नेताहरुले माग पूरा गराउन अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । मोर्चाले गत २५ माघदेखि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका थिए ।

-श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>