थप समाचारबिहीबार, बैशाख १६, २०७३

हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ परेपछि सीमाका प्रहरी फिर्ता बोलाइयो

हिमालखबर

डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेपछि पश्चिमी सीमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चार प्रंहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवानलाई जिल्ला फिर्ता बोलाइएको हो ।

“चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएका छौँ”, प्रहरी नायब उपरीक्षक केदार खनालले भने । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए। रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>