समाचारबिहीबार, बैशाख १६, २०७३

सर्वोच्चद्वारा दीक्षितलाई पक्राउ गर्नुको कारण माग

हिमालखबर

सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गर्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चले दीक्षितलाई समेत सोमबार, २० वैशाखमा अदालतमा उपस्थित गराउन र उनलाई पक्राउ गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश दिएको हो ।

दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा हिजो, १५ वैशाखमा वन्दी प्रत्यक्षिकरणको रिट निवेदन दिएकी थिइन् ।

निवेदनमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उक्त आदेश दिएको हो ।

दीक्षितलाई १० वैशाखमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
aadesh

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>