Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुनर्वास भएका भुटानीलाई भुटान जानदेउ: अमेरिकी सिनेटर - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख १६, २०७३

पुनर्वास भएका भुटानीलाई भुटान जानदेउ: अमेरिकी सिनेटर

हिमालखबर

senatorअमेरिकी सिनेटर तथा त्यहाँको तल्लो सभाको परराष्ट्र समितिकी सदस्य जिन्नी सहेनाले पुनर्वास भएर अमेरिका पुगेका भुटानीलाई तिनका भुटानस्थित आफन्तसँग भेटघाटको बाटो खोल्न भुटान सरकारसँग आग्रह गरेकी छन् ।

न्यु हेम्पसायरकी सिनेटर सहेनाले भुटानमा अझै पनि दक्षिण क्षेत्रका बासिन्दालाई त्यहाँको सरकारले अन्य क्षेत्रका भुटानी सरह स्वतन्त्रता नदिएको बताएकी छन् ।

१३ वैशाखमा भुटानी प्रधानमन्त्री छिरिङ तोव्गेलाई पत्र लेखी उनले अमेरिका पुनर्वास भइसकेको कुनै अमेरिकी—भुटानीले भुटान जाने प्रवेशाज्ञा (भिसा) माग गरे उपलव्ध गराउन भनेकी छन् ।

उनले त्यस्ता भुटान पुग्न इच्छुकलाई प्रवेशाज्ञा नदिएको बारे आफ्नो जानकारीमा आएको समेत उल्लेख गरेकी छन् ।

डेमोक्र्याटिक सिनेटर जिन्नी सहेनाले नागरिकताबिहिन बनाउदै बलपुर्वक भुटानले आफ्ना दक्षिणी क्षेत्रका नागरिकलाई देश निकाला गरी शरणार्थी बनाएको सुन्दा उनलाई अप्रिय लागेको उल्लेख गरेकी छन् ।

दक्षिण भुटानमा जातका आधारमा भेदभाव गर्दै कतिपय लोत्साम्पा (दक्षिणका नेपाली भाषी) लाई बन्दी बनाइएको कुरालाई मानव अधिकारको निरन्तर हनन् भन्दै उनले अमेरिकी संसदको परराष्ट्र समितिको सदस्यको रुपमा त्यस्ता घटनाप्रति आफ्नो सरोकार रहने जनाएकी छिन् ।

प्रधानमन्त्री तोव्गेलाई लेखेको पत्रमा उनले भुटान र अमेरिकाबीच सिधा कुटनीतिक सम्बन्ध स्थापित भइनसकेको अवस्थामा दुई मुलुकबीच अवसरहरुको हितकारी उपयोग तथा अर्थ–सामाजिक एवम् साँस्कृतिक भाइचाराको बिकासमा दुवै मुलुक लाग्नुपर्ने बताएकी छन् ।

यसैबीच हाल अमेरिकाको न्यु हेम्सायरमा रहेका इन्टरन्यासनल क्याम्प्ङि फर ह्युमन राइट इन भुटानका कार्यकारी निर्देशक सुरज बुढाथोकीले अढाई दशकदेखि समाधान हुन नसकेको भुटानी शरणार्थी समस्याको समाधानको लागि अमेरिकी सिनेटरको सो पत्र कोसेढुंगो सावित हुने बताएका छन् ।

बुढाथोकीले बिज्ञप्ति जारी गरी भुटानी शरणार्थी समस्याको समाधानको लागि भुटानले कदम चाल्ने अपेक्षा गरेका छन् ।

भुटान सरकारले दक्षिण भुटानका नेपालीभाषीप्रति अनुदार बन्दै एकलाख बढिलाई बलपुर्वक खेदेपछि सन् १९९३ को जुलाई ३० मा अमेरिकी तल्लो सदनले प्रस्ताव पारित गर्दै भुटानी राजा जिग्मेसिंगे वाङचुकलाई दक्षिण भुटानका नेपाली भाषीलाई देश छोडन बाध्य हुने गरि गरिएको बलजफ्ती तत्काल बन्द गर्न भनेको थियो ।

त्यो बेला अमेरिकी कंग्रेसका सदस्यहरु जोहन इडवार्ड पोर्टर र टम लेन्टसले राजा जिग्मेलाई पत्रलेखि भुटानबाट खेदिएर नेपालमा शरणार्थी बनेका भुटानीलाई तत्काल भुटान फर्काउन नेपालसँग मिलेर कामगर्न आग्रह गरेको थियो ।
तर बितेको अढाई दशकमा भुटान आफ्ना नागरिक फर्काउन राजी भएन ।

सन् २००८मा भुटानी शरणार्थीलाई पुनर्वास गराउन अन्तराष्ट्रिय समुदाय तयार भएपछि नेपालबाट १ लाख १हजार ६सय बढी भुटानी अमेरिका लगायतका आठवटा पश्चिमी मुलुकमा पुनर्वास भएका छन् ।

नेपालका शिबिरमा अझै १५ हजार बढी भुटानी शरणार्थी छन् जसमध्ये १० हजार बढी पुनर्वासको प्रकृयामा छन् ।

-गोपाल गडतौला

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>