रमझमबिहीबार, बैशाख १६, २०७३

चर्खाको शुभमुहुर्त

हिमालखबर

Charkha 01हेटौंडाका उद्योग व्यवसायीहरुले नेपाली चलचित्र ‘चर्खा’को शुभमुहुर्त भएकाे छ ।

मध्यमाञ्चल उद्योग बाणिज्य संघका अरुणराज सुमार्गी, पत्रकार प्रताप बिष्ट, हेटौंडा उपमहानरपालिकाका कार्यकारी अधिकृत सुदेव पोखरेल र चलचित्र निर्माता नरेन्द्र महर्जनले चलचित्र बनाउन लागेका हुन् । चलचित्रको शुभमुहुर्त १६ वेशाखमा गरिएको छ ।

बेल्जियम बस्दै आएका सहदेब गौतमको प्रस्तुतिमा बन्न लागेको चलचित्र चर्खालाई गौतमसहित व्यवसायीहरु गणेश भेटवाल, सुनिल अधिकारी, बालकृष्ण खड्का, रुपेश केसी र धर्मराजराज बर्तौलाले मिलेर निर्माण गर्न लागेका हुन् ।

चलचित्रको ९० प्रतिशत छायाँकन मकवानपुरमा र बाँकी भारतको सिलिगुडीमा गरिने चलचित्रका निर्देशक गोबिन्द गौतमले बताए ।

चलचित्रमा सुसान्त कार्की, निर्जन थापा, रजनी केसी, सुरबिना कार्की, यादबराज पुरी, जुनु रिजाल काफ्ले, कपिल खड्का, रुपेश केसीलगायतले अभिनय रहने अर्का निर्माता गणेश भेटवालले बताए ।

-सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...