थप समाचारबिहीबार, बैशाख १६, २०७३
गर्मीले तराईको जनजीवन प्रभावित
अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको छ ।
विहानैदेखि लाग्ने चर्को घाम र तातो हावाका कारण मानिसहरुको चहलपहल घटेको छ, दिउँसो सडकहरु सुनसान जस्तै देखिन्छन् ।
सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या कम हुँदै गएको छ । सुख्खा यामका कारण आगलागीका घटना बढेका छन् ।
विद्युत प्राधिकरणले लोडसेडिङको तालिका बाहेकको समयमा पनि विद्युत आपूर्ति नगर्दा जनजीवन थप कष्टकर बनेको छ ।
विद्युतको आपूर्ति नहुँदा विशेष गरी विद्यालय जाने बालबालिकालाई पंखा चलाउन नपाउँदा असुविधा हुने गरेको छ ।
गर्मीका कारण टाउको दुख्ने, झाडापखाला, ज्वरो लगायतका विरामीहरुको संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा राकेस साहले बताए ।
किसानहरुले चर्को घाम र तातो हावाका कारण खेतमा काम गर्न सकेका छैनन् ।
वीरगञ्जमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ भने जनकपुरमा ४४ डिग्री सेल्सियस ।
जियालाल साह