थप समाचारबिहीबार, बैशाख १६, २०७३
न्युयोर्क टु नेपाल (फोटो फिचर)
न्युयोर्क टु नेपाल नामक भूकम्प राहत पदयात्रा न्युयोर्कको डाउनटाउन म्यानहटनमा यो साता सम्पन्न भएको छ । लगभग दुई दर्जन अन्य संघ संस्थाका दुईहजार जती पदयात्रामा सहभागि भएकाथिए ।
नेपालमा गत बर्षको बिनासकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा अप्रिल २४ तारिक आईतबार २.५८ किमी दुरीको उक्त पदयात्रा गरिएको थियो । भूकम्पमा परी ज्यान बचेका भुकम्प पिडितहरुको जीवन अझै निकै कष्टकार भएकोले उनीहरुको दुखमा साथ छौ भन्ने सन्देस दिन उक्त पदयात्रा अयोजना गरिएको आयोजक लिभ टु लभ ईन्टरनेशनलले बताएको थियो ।
पदयात्रा शुरु हुनु अगाडि गत साल भूकम्पमा १७ जना परिवार र आफन्त गुमाएका बिष्णुमान प्रधानले त्यो बेलाको क्षण सुनाउँदा धेरैको आँखा रसाए । प्रधान आफ्ना चार बर्षे छोरालाई सँगै लिएर आएका थिए । छोरालाई देखाउँदै उनले भनेका थिए, न्युयोर्कमा जन्मेका मेरो छोरालाई भेट्ने मेरी आमाको धोको भुकम्पले गर्दा कहिल्यै पुरा नहुने भयो ।
अमेरिकास्थित शेर्पा किदुगका अध्यक्ष दावा जाङबु शेर्पाले नेपाली सँघ सँस्थाको प्रतिनिधित्व गर्दै आफ्ना भनाई राखेका थिए । नेपाल भ्रमण गर्न र भुकम्प पिडितलाई सक्दो सहयोग गर्न उनको अनुरोध थियो । यसैगरी नेपाली कन्सुलेट न्युयोर्कका उपबाणिज्यदूत प्रबीण भट्टाराई, न्युयोर्क शहरको मेयरको तर्फबाट उनका प्रतिनिधी लगायत धार्मिक गुरुहरुले समेत आफ्ना भनाई राखे ।
अधिकांश सहभागीहरु आ-आफ्नै परम्परागत मौलिक भेषभुषामा सजिएर आएका थिए । शेर्पा समुदायको बाहुल्यता देखिएका पदयात्रामा धेरैले ूओम माणी पद्मे हुूँ जपेका सुनिन्थे । अलग मौलिक सँस्क्रितीको बिविधतामा रमाउँने न्युयोर्क शहरको बिचमा यसरी नेपालको बिविधतालाई देखाएर पदयात्रा गर्दा सबैको ध्यानाकर्षण नेपालतिर तानिने आशा आयोजकको रहेको लिभ टु लभ ईन्टरनेशनलका सँयोजक क्यारी लीले बताईन् । “यहाँका नेपालीहरुको सहभागीता र एकताले नेपालमा भूकम्प पिडितहरुको लागि थप कामहरु गर्न मलाई उत्साहित बनाएको छ “ उनले भनिन् ।
शब्द/तस्बीर: ङिमा पाख्रिन, न्युयोर्क
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
