समाचारबिहीबार, बैशाख १६, २०७३

दीक्षितकातर्फबाट ४० जना वकिलले बहस गर्ने

हिमालखबर

पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी हिरासतमा राखेको भन्दै परेको बन्दी प्रत्यक्षिकरणको रिटमाथि बहस गर्न दीक्षितका तर्फबाट ४० जना वकिलले नाम दर्ता गराएका छन् ।

१५ वैशाखमा दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमाथि सुनुवाई गर्दै आज, १६ वैशाखमा सर्वोच्च अदालतले विपक्षी अख्तियारलाई २० वैशाखमा उनलाई पक्राउ गर्नुको लिखित कारण सहित दीक्षितलाई समेत चिकित्सकको निगरानीमा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

२० वैशाखमा पेशीमा राखिएको उक्त मुद्दामा बहसका लागि दीक्षितका तर्फबाट ४० जना कानून व्यवसायीले आफ्नो नाम दर्ता गराएका हुन् ।

नामावलीः
१. ओमप्रकाश अर्याल, २. गोविन्द बन्दी, ३. भोजराज पन्त, ४. धिरेन्द्रकुमार शाह, ५. टीकाराम भट्टराई, ६. हरिहर दाहाल, ७. दिनमणि पोखरेल, ८. रुद्रप्रसाद नेपाल, ९. शम्भु थापा, १०. हिमेशकृष्ण खरेल, ११. ज्योति बानियाँ, १२. इन्द्र खरेल, १३. लक्ष्मीप्रसाद अधिकारी, १४. भरतराज खनाल, १५. प्रकाशबहादुर केसी, १६. प्रकाश महर्जन, १७. विजय सिंह, १८. रविनारायण खनाल, १९. बाबुराम दाहाल, २०. केदार कोइराला, २१. सुरेन्द्र थापा, २२. बालकृष्ण ढकाल, २३. सतिशकृष्ण खरेल, २४. इन्द्र अर्याल, २५. दिनेश त्रिपाठी, २६.शिवबहादुर भुजेल, २७. युवराज बन्जाडे, २८.पूर्णचन्द्र पौडेल, २९.ज्योति लम्साल पौडेल, ३०. राजन अधिकारी, ३१. पूर्णप्रसाद राजवंशी, ३२. पून्देवी महर्जन (सुजना), ३३. यदुनाथ खनाल, ३४. बलराम सुवेदी, ३५. कमलप्रसाद इटनी, ३६. किर्तीनाथ शर्मा, ३७. प्रकाश थापा, ३८. अमिता दीक्षित, ३९.कृष्ण थापा, ४०. वल्लभ बस्नेत

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>