समाचारबिहीबार, बैशाख १६, २०७३

सञ्चारकर्मी क्षेत्रीको निधन

हिमालखबर

Surya Kumar Kshetriपत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । क्षेत्रीको काठमाडौं माइतीघरस्थित न्यूरो अस्पतालमा १६ बैशाख साँझ सवा नौ बजे निधन भएको हो ।

क्षेत्रीको २०७१ साल मंसिरदेखि व्रेन ट्युमरको उपचार चलीरहेको थियो । स्याङ्जा स्थायी घर भएका उनी नेपालीकला डटकमका सम्पादक थिए । क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन।

नेपाल प्रेस युनियनको सचिव समेत रहेका क्षेत्रीको बुबा आमा स्याङजाबाट आउनु भएपछि १७ बैशाखमा अन्त्येष्टि गरिने युनियनका महासचिव अजयबाबु शिवाकोटीले हिमालखबरलाई जानकारी दिए ।

यसैबीच युनियनले प्रेस विज्ञप्ति जारी गरेर क्षेत्रीप्रति श्रदाञ्जली व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>