थप समाचारशुक्रबार, बैशाख १७, २०७३
साहका कार्यकर्ताले जनकपुर बन्द गराए
निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको साहका कार्यकर्ताले आज जनकपुर बन्द गराएका छन् ।
आफ्ना श्रीमान्को सञ्चार उद्यमी अरूण सिंघानिया हत्यामा संलग्नता नभएको दाबीसहित न्यायिक छानबिनको माग राखी जनक चोकमा आमरण अनशनमा बसेका बेला रङ्गीलालाई प्रहरीले अस्पताल पुर्या एको भन्दै जनकपुर बन्द गरिएको हो ।
बन्दले व्यवसाय, उद्योग, यातायात र शैक्षिक प्रतिष्ठान प्रभावित भएको छ ।
२ वैशाखदेखि अनशन बस्दै आएकी रङ्गीलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि उनलाई अञ्चल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साहले रङ्गीलालाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा जनक चोकमा अनशन शुरु गरेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>