थप समाचारशुक्रबार, बैशाख १७, २०७३

डडेल्धुराको बागबजारमा आगलागी

हिमालखबर

तस्वीर: छत्र साउद

तस्वीर: छत्र साउद

डडेल्धुरा सदरमुकाम बागबजारमा आज विहान लागेको आगोले दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने बाँकी ८ वटा पसलमा आंशिक क्षति पुगेको छ ।

१७ वैशाख विहान करिब ७ः१५ बजेदेखि लागेको आगो १०ः०० बजेमात्रै नियन्त्रणमा आएको थियो ।

डडेल्धुराको बागबजारस्थित मदनप्रकाश किराना पसल र बैजनाथ कपास उद्योग आगलागीबाट पूर्ण ध्वस्त भएका छन् भने अन्य ८ वटा पसलमा समेत क्षति भएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको भए पनि झण्डौ ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

aaglagi_dadeldhuraस्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो निभाइएको थियो ।

जिल्लामा रहेको एकमात्र नगरपालिकाको वारुणयन्त्र मर्मतका लागि जिल्लाबाहिर रहेकाले पनि आगो नियन्त्रणमा समस्या भएको थियो ।

आगो निभाउने क्रममा तीन सुरक्षाकर्मी र एक व्यपापारी घाइते भएका छन् ।

दुई वर्षअघि पनि आगलागिबाट यहाँका एक दर्जन पसल नष्ट हुँदा करिब रु पाँच करोड बराबरको क्षति भएको थियो ।
छत्र साउद

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>