समाचारशुक्रबार, बैशाख १७, २०७३

रसुवागढी नाकामा धर्ना बस्ने चार जना पक्राउ

हिमालखबर

नेपाल–चीनबीच रसुवागढीको अन्तर्राष्ट्रिय नाका बन्द गराउने धर्नाकारीमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चारजनालाई नियन्त्रणमा लिई सडक अवरोध गर्ने अन्य धर्नाकारीलाई हटाउने कार्य शुरु गरेकाले हिजोबाट बन्द रसुवागढी नाका आजबाट सञ्चालनमा आउनेछ ।

पहिलो चरणमा विनम्रतापूर्वक सम्झाइ सडकमा नबस्न आग्रह गर्ने र आग्रह गर्दागर्दै पनि अटेर गरेमा बल प्रयोगसमेत हुन सक्नेसमेत बताउँदै सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीले सुरक्षा निकायमा स्थानीय प्रशासनबाट यथेष्ट आदेश प्राप्त भइसकेकाले थप सुरक्षा बलसमेत सीमा क्षेत्रमा खटाइसकेको जानकारी दिए ।

सरकारी र सार्वजनिक जग्गामा सुक्खा बन्दरगाह बनाउनुपर्ने माग राख्दै स्थानीय टिमुरेवासीले चौबीसैघन्टा सडकमा धर्ना दिएपछि यातायातका साधन आवतजावतमा ठप्प भई दैनिक रु एक करोड राजस्व घाटा परिरहेको रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>