Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वैशाख अन्तिम साता घलेगाउँ महोत्सव हुने - Himalkhabar.com

थप समाचारशुक्रबार, बैशाख १७, २०७३

वैशाख अन्तिम साता घलेगाउँ महोत्सव हुने

हिमालखबर

लमजुङको घलेगाउँमा बैशाखको तेस्रो साता १७ औं घलेगाउँ महोत्सव हुने भएको छ ।

ghalegaun nice picग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँले सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी २३ देखि २५ वैशाखसम्म घलेगाउँ महोत्सव हुने जानकारी दिएको हो ।

‘ग्रामिण पर्यटन प्रवद्र्धन गरी घलेगाउँलाई सुखी र समृद्ध बनाऔं ।, १७ औं घलेगाउँ महोत्सव भब्यताका साथ सफल पारौं ।’ भन्ने नारका साथ आयोजना गर्न लागिएको १३ औं महोत्सवको मुख्य उद्देश्य घलेगाउँको पर्यटन प्रवद्र्धन गर्ने रहेको छ ।

महोत्सवमा नागवेली झै फैलिएका दर्जनौ हिमाली शृंङ्खला, भेडिगोठ, ५ सय रोपनीमा फैलिएको चियावगान, गुरुङ संग्राहलयको अवलोकन साथै ग्रामीण पर्यटनबारे अन्तरक्रिया गर्ने कार्यक्रमे छ ।

त्यसैगरी महोत्सवमा सुधारिएको होमस्टेको अध्ययन, परम्परागत गुरुङ संस्कृति घाटँु, सोरठी, सेर्गा, घ्याब्रे, कृष्ण चरित्र लगायतका नृत्यहरुको प्रस्तुति, हस्तकलाका सामाग्रीको प्रदर्शन, राष्ट्रिय कलाकारहरुद्वारा जलवायु परिवर्तन सम्बन्धमा सांस्कृतिक प्रर्दशन गरिने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा ग्रामीण पर्यटन ब्यबस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेले यस पटकको महोत्सवमा भीड जम्मा गर्ने भन्दा पनि विगतमा भएका उपलब्धिको समिक्षा गर्दै आगामी दिनमा घलेगाउँलाई संसारभर चिनाउने कार्यक्रम राखिएको बताउनुभयो ।

गत बर्ष सन् २०१५ मा १५ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक घलेगाउँ पुगेका र यस वर्ष यो संख्या झन् बढने अपेक्षा गरिएको छ ।

सदरमुकाम बेसीशहरबाट सवारी साधनमा २ घण्टा र पैदल जान चाहनेका लागि ५ घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो ।

ग्रामिण फस्टाउन थालेपछि विदेशिएका युवाहरु पनि गाउँ फर्कन थालेका छन् ।

ग्रामिण पर्यटन संगै घलेगाउँ सार्क राष्ट्रको नमूना गाउँमा छनोट भएपछि पछिल्लो समय युवाहरुले गाउँप्रति चासो दिन थालेको घलेगाउँका समाजसेवी लिल बहादुर घलेले बताए ।

पर्यटकको संख्या बढदै जाँदा गाउँमा बुढापाका, आमा समूह र युवायुवती सबैले काम गर्ने अवसर पाएका छन् ।
घलेगाउँमा अहिले ३२ घरमा होमस्टे संचालन छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>