थप समाचारशनिबार, बैशाख १८, २०७३

आगलागी विरुद्ध सतर्कता र संयम

हिमालखबर

QsSW6qgविद्युत् सर्टका कारण ३० चैतमा काठमाडौंको सुन्धारा–११ स्थित मोहनसिंह गुरुङको साततले घरमा आगलागी भयो। तेस्रो तलामा सर्ट भएको विद्युत्ले त्यसमाथिका कुनै पनि तला सद्दे बचेनन्।

शहरी क्षेत्रका घरहरूमा विद्युत् र ग्याँस चुहावट आगलागीको कारक बनिरहेका छन्। ग्रामीण भेगमा चाहिं अझै पनि असावधानीवश प्रयोग गरिने आगो र हुरी, बतास नै विनाशका जिम्मेवार हुन्।

आगलागी प्राकृतिक नभई मानवसिर्जित विपत् हो। जानेर वा नजानेर गरिएको गल्तीले आगलागी निम्त्याउँछ। जस्तोः बिजुलीका स्वीच अफ गर्न बिर्सिनु, कमसल विद्युतीय सामग्री प्रयोग गर्नु, ग्याँसको रेगुलेटर बन्द गर्न भुल्नु, चुरोटको ठुटो ननिभाई मिल्काउनु जस्ता साधारण कुराले नै आगलागीको ठूलो जोखिम निम्त्याउँछ। गाउँतिर प्रायः पराल, छ्वाली, बाँस, चोया आदि थन्काइएको ठाउँमा चुरोट, बिंडीको ठुटो, अगुल्टो आदिका कारण आगो सल्किने गरेका छन्।

सतर्कता शैली
आगलागी हुन नदिने वा भइसकेको छ भने क्षति न्यूनीकरण गर्ने तरीका निकै सरल छन्। यी उपायबारे समयमै जानकारी राख्नुपर्छ।

१ आगो लाग्ने कारण, फैलिने तरीका, निभाउने साधन र उपायबारे थाहा पाइराख्नुपर्छ।

२ घरमा गुणस्तरीय वा आईएसओ प्रमाणित विद्युतीय सामग्रीहरू (तार, स्वीच, बल्ब आदि) प्रयोग गर्नुपर्छ। नत्र जुनसुकै समयमा विद्युत् सर्ट भई आगलागी हुन सक्छ।

३ विद्युतीय औजार वा उपकरण पनि स्तरीय हुनुपर्छ। कमसल सामग्री विपत् निम्त्याउने कारण बन्न सक्छन्।

४ काम सकिएपछि वा लोडसेडिङका वेला सबै विद्युतीय सामग्री अफ गर्न बिर्सनुहुँदैन।

५ आगलागीको जोखिम बढी भएका भान्साकोठाको छेउमा सबैले देख्ने गरी फायर–एक्स्टिंगुसर राख्नुपर्छ। यसलाई कसरी चलाउने भन्नेबारे घरका सबैलाई जानकारी हुनुपर्छ। आगन्तुकका लागि एक्स्टिंगुसरकोे छेउमा प्रयोग विधिबारे टिपोट टाँस्न सकिन्छ।

६ ग्रामीण भेग वा तराईतिरका घरहरू आगो–प्रतिरोधक छैनन्। अधिकांशको घर छेउमै गोठ, परालको टौवा आदि बनाइएको हुन्छ। यसले गर्दा एक ठाउँमा आगो सल्किनासाथ सबै संरचना ध्वस्त हुन सक्छ। त्यसैले काठपातलाई घरभन्दा अलिपर राख्ने बन्दोबस्त मिलाउनुपर्छ।

क्षति न्यूनीकरण
आगलागी भइहालेमा आत्तिनुहुँदैन। कसरी निभाउने भनी होशियारीपूर्वक सोच्नुपर्छ र कोशिश गर्नुपर्छ। छिमेकीसँग सहयोगको अनुरोध माग्नुका साथै घरमा फायर–एक्स्टिंगुसर भए तुरुन्त प्रयोग गर्नुपर्छ। एक्स्टिंगुसर जथाभावी छर्किनुभन्दा आगो जहाँबाट शुरु भएको हो, त्यहीं लगाउनुपर्छ।

जुद्ध वारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराई गृहिणीलाई खाना बनाउँदा झिल्का उछिट्टिएर शरीरमै आगो लागेको धेरै सुनिएको छ। यस्तो वेला घरका अन्य सदस्यले फायर–ब्ल्यांकेट वा ओढ्नेले पीडितको शरीर छोपिदिनुपर्छ। कोही नभएका वेला शरीरमा आगो लागिहाले भुईंमा पल्टिएर गुल्टिनुपर्छ। यसो गर्दा ओढ्नेभित्र अक्सिजन पस्न नसक्ने भएकोले आगो निभ्छ।

भट्टराईका अनुसार, घरका सम्पूर्ण सदस्यले जुद्ध वारुणयन्त्र वा दमकलको टोल फ्रि नम्बर १०१ हो भन्ने थाहा पाउनुपर्छ। “बाटोघाटोको राम्रो सुविधा नभएको हाम्रो जस्तो ठाउँमा स्थानीय नै आगलागीबाट बँच्न र क्षति कम गर्न सचेत हुनुपर्छ”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>