समाचारशनिबार, बैशाख १८, २०७३

संविधान संशोधन हुन्छः सभापति देउवा

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन् ।

तेज–तीर्थ ट्रष्टले क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको बताए ।

संविधान कार्यान्वयनमा सरकारले भन्दा धेरै काम कांग्रेसले गरेको उनले दावी गरे । सभापति देउवाले संविधान कांग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर संविधान संशोधन हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>