समाचारआइतबार, बैशाख १९, २०७३

सभामुखले बोलाएको बैठक निष्कर्ष विहिन्

हिमालखबर

baithakसभामुख ओनसरी घर्तीले विवाद समाधानकालागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांगेस सभापति शेरबहादुर देउवा लगायतको बैठक सिंहदरवारमा बोलाएकी थिईन् । नियमावलीको विवाद समाधानका लागि शीर्ष नेताहरु सकारात्मक रहे पनि बैठक निष्कर्षमा नपुगेको सभामुखले बताईन् ।

“सबैजना मिलेर जानुपर्छ र भोलि बस्ने नियमावली बैठकलाई ठोस निष्कर्षमा पुर्या।उन आज साँझसम्म कुनै न कुनै निष्कर्षमा पुग्नुपर्छ भन्नेमा शीर्ष नेताहरु रहेका छन,” सभामुख घर्तीले भनिन् । आन्तरिक छलफलपछि दलहरु चाँडै निष्कर्षमा पुग्ने सभामुखको विश्वास छ ।

बैठकमा कांगेस सभापति शेरबहादुर देउवाले आज अपरान्ह बस्ने संसदीय दलको कार्यसमितिको बैठकपछि निष्कर्षमा पुग्ने बताएपछी बैठक सकिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

यसैबीच व्यवस्थापिका संसद नियमावली समितिको बैठक १९ बैशाख र व्यवस्थापिका संसद्को बैठक २१ बैशाखमा बोलाईएको छ ।

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>