Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लोकमान: भागबण्डाको परिणति - Himalkhabar.com

टिप्पणीआइतबार, बैशाख १९, २०७३

लोकमान: भागबण्डाको परिणति

टीकाराम राई

पद प्राप्तिका लागि अनिवार्य मानिने काविलियत, विषयगत दक्षता र निष्पक्षतालाई गौण मानिएपछि राज्यप्रणालीमा हावी हुने भनेका लोकमानसिंह कार्कीहरू नै हुन् ।

सार्वजनिक सेवाको आधारस्तम्भ काविलियत, विषयगत दक्षता र निष्पक्षता हो । तर, हालैको राजदूत र न्यायाधीश सिफारिशमा पनि सार्वजनिक सेवाका यी आधारस्तम्भ उपेक्षित भए । यही कारण हाम्रो राजनीतिक संस्था (दलहरू र सरकार) मा अझ्ै लोकतान्त्रिक आचरणको अभाव भएर कुशासन हावी भएको स्पष्ट हुन्छ ।

प्रख्यात प्राध्यापक फ्रान्सिस फुकियामाले आफ्नो पछिल्लो पुस्तक ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’ (पेज ८६–१४८) मा लोकतान्त्रिक र तानाशाही समाजको कुशासन तथा नकारात्मक प्रतिफलहरूको विशद् व्याख्या गरेका छन्– ‘प्याट्रोनेज’ र ‘क्लाइन्टिजम’ शीर्षकमा । प्रा. फुकियामाले ‘प्याट्रोनेज’ लाई स्वार्थ विनिमय र ‘क्लाइन्टिजम’ लाई निर्णयकर्ता अर्थात् नेताले भोटसँग सार्वजनिक पद विनिमय गर्ने मान्यता भनी व्याख्या गरेका छन् ।

पुस्तकमा अमेरिकाका २७औं राष्ट्रपति विलियम हावर्ड ट्याटले ‘प्याट्रोनेज’ का लागि कसरी वन सेवा ध्वस्त बनाए भन्ने उदाहरण छ । अमेरिकी वन सेवालाई ध्वस्त पार्ने तिनै ट्याट पछि सन् १९२१–१९३० मा प्रधानन्यायाधीश नियुक्त भए ।

नेपालमा पनि एक महीना अगाडि नेकपा एमाले नेतृत्वको सरकारले राजनीतिक चस्को लागेका अधिवक्ताहरूलाई न्यायाधीशमा सिफारिश गरेको छ । त्यो सिफारिशलाई सही सावित गर्न एमाले सम्बद्ध कानून व्यवसायीहरूले विलियम एच ट्याट राष्ट्रपतिपछि प्रधानन्यायाधीश भएको दृष्टान्त अगाडि सार्ने गरेका छन् । यसले देखाउँछ, प्रा. फुकियामाले प्रयोग गरेका ‘प्याट्रोनेज’ अवधारणा नेपालमा राजनीतिक भागबण्डाको रूपमा प्रयोग हुँदै आएको छ । संस्थापन र स्वायत्त संस्थाहरूको मात्र नभई संवैधानिक अंगदेखि सर्वोच्च अदालतको न्यायाधीशसम्म राजनीतिक भागबण्डालाई प्रश्रय दिइएको यसले देखाउँछ ।

नियुक्ति प्रक्रियामै यसरी राजनीतिक ‘प्याट्रोनेज’ उदाङ्गो भएको अवस्थामा संस्थाहरूको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्यो नै । राजनीतिक दलहरूले दलीय स्वार्थभन्दा माथि उठेर राज्यको तहबाट निर्णय गर्दा मात्र संवैधानिक तथा राजनीतिक नियुक्ति प्रक्रियामा काविलियत, विषयगत क्षमता र निष्पक्षताले ठाउँ पाउँछ ।

राम्रो होइन, हाम्रो मान्छे
प्रा. फुकियामाको शब्द ‘क्लाइन्टिजम’ र नेपालका मूर्धन्य मानवशास्त्री डोरबहादुर बिष्टले करीब तीनदशक अगाडि प्रयोग गरेको शब्दावली ‘हाम्रो मान्छे’ को अर्थ मिल्दोजुल्दो छ । फुकियामाले ‘क्लान्टिजम’ भोट परिचालन गर्न प्रयोग गरिने अर्थमा उल्लेख गरेका छन् । बिष्टले स्वार्थप्रेरित गुन लगाउन आपसी समर्थनमा हुने नियुक्ति बुझउन ‘हाम्रो मान्छे’ शब्दावली प्रयोग गरेका छन् । क्लाइन्टिजम अर्थात् हाम्रो मान्छे अवधारणाले साँघुरो राजनीतिक स्वार्थलाई प्रवद्र्धन गरी लोकतान्त्रिक जवाफदेही/उत्तरदायित्वलाई समाप्त पार्छ । सही निर्णय हुँदैन, भए पनि विवाद र शंकाको घेरामा पर्छ ।

‘हाम्रो मान्छे’ अर्थात् ‘क्लाइन्टिजम’ को आधारमा सार्वजनिक पदमा नियुक्त गरिंदा लोकतान्त्रिक जवाफदेही समाप्त हुन्छ भन्ने कुराको ताजा उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की हुन् । ‘हाम्रो मान्छे’ को आधारमा भएको नियुक्ति शंकाको घेरामा तानिने उदाहरण पनि कार्कीकै नियुक्ति हो । अख्तियार प्रमुखमा कार्कीको नियुक्ति भारतीय सूक्ष्म व्यवस्थापकहरूको पहलमा नाटकीय ढंगमा भएको सनसनीपूर्ण चर्चा उतिबेलै भएको थियो । तिनै लोकमानले भारतीय नाकाबन्दी विरुद्ध अन्तर्राष्ट्रिय रूपमा भण्डाफोर गर्ने पत्रकार कनकमणि दीक्षितलाई थुनेर भारतीय सूक्ष्म व्यवस्थापकलाई गुन तिर्ने प्रयास गरेको चर्चा अहिले बाक्लै सुनिंदैछ ।

प्रमुख आयुक्त कार्कीको पछिल्लो कदम नियुक्त हुँदाको घटनाक्रमको आधारमा मात्र नभई संविधानले तोकेका दायित्वहरू निर्वाह गर्नुपर्ने निकायका प्रमुखले आलोचकप्रतिको असहिष्णु तथा रिसइबी साध्ने शैलीका कारण पनि शंका र विवादमा परेको हो । लोकमानले व्यक्तिगत तुष्टि लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार दुरुपयोग गर्दा नेपाली लोकतन्त्रको जवाफदेहीपन संकटमा परेको छ ।

‘हाम्रो मान्छे’ को आधारमा नियुक्त भएका थुप्रै नेपाली राजदूतहरूले विदेशमा आ–आफ्नो चर्तिकला देखाएका छन्, अब पनि देखाउलान् । फलाना दलका भनेर चिनिएका न्यायाधीशहरूले भोलि गर्ने फैसलाले पनि बखेडा नै सिर्जना गर्ने सम्भावना बढी छ । त्यो अवस्थामा ‘हाम्रो मान्छे’ हरूले न्यायपालिकाको छवि ध्वस्त पार्न नै सहयोग पुर्‍याउनेछन्, जस्तो कि अहिले लोकमानसिंह कार्कीबाट भइरहेको छ । न्यायाधीशको फैसलामाथि शंका हुनु भनेको कानूनी राज्य कमजोर हुनु हो ।

आधुनिक राज्य निर्माण प्रक्रियामा विश्वका धेरै ठाउँमा ‘प्याट्रोनेज’ र ‘क्लाइन्टिजम’ मार्फत कुशासन संस्थागत भएको छ । सन् १९३० सम्म त्यो अवस्थाबाट गुज्रेको अमेरिकाका प्राध्यापकहरू अहिले आफूहरूकोमा त्यो अभ्यास लगभग उन्मूलन भएको भन्दै गर्व गर्छन् । नेपालीले पनि साँच्चै लोकतन्त्रको धाकधक्कु लगाउने हो भने एकजूट भएर ‘हाम्रो मान्छे’ प्रथाको विरोध र ‘राम्रो मान्छे’ प्रणालीको समर्थन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>