Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विवादरहित बन्न सकेन विन्ध्यवासिनी अवार्ड - Himalkhabar.com

रमझमबुधबार, मंसिर २०, २०६९

विवादरहित बन्न सकेन विन्ध्यवासिनी अवार्ड

Rishiram Kattel

अवार्ड वितरणको केही दिन अगाडी नै अवार्ड पाउनेको नामावली सार्वजनिक भएको थियो । स्रोतअनुसार त्यो लिष्ट सार्वजनिक भएपछि केही नाम सच्याएर अवार्ड घोषणा गरिएको हो तर पनि अवार्ड पाउनेमध्ये धेरै भने लिष्टमै परेकाहरु रहे ।

वरिष्ठ गीतकार किरण खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । भक्तराज आचार्य प्रतिष्ठानद्धारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । तस्बीरः ऋषिराम कट्टेल

१७ मंसीरमा राजधानीको आर्मी अफिसर्स क्लबमा सत्यराज आचार्य र मिलन अमात्यलाई सर्वोत्कृष्ट गायकगायिका घोषणा गर्दै विन्ध्यबासिनी म्युजिक अवार्ड २०६९ सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा एसएमएस भोटिङ र निर्णयकहरुको छनोटका आधारमा उत्कृष्ट ठहर्याइएका २८ विधाका गीत–संगीत र कलाकारले अवार्ड हात पारे ।

‘गीतको सम्मान, स्रष्टाको सम्मान’ नाराका साथ आयोजित अवार्डबाट कलाकारहरुले भने गौरवान्वित महशुस गर्न सकेनन् । संगीतकार बसन्त सापकोटा भन्छन्, “अवार्डको नाममा कमाउने धन्दा भयो, अब त अवार्ड पाउने भन्दा नपाउने कै इज्जत होला जस्तो छ । ”

कार्यक्रममा म्युजिक कम्पनी निकटका कलाकार शैलेन्द्र शरदको ‘ती आखामा आँशु’ वर्षको सर्वोत्कृष्ट गीत भयो भने, सर्वोत्कृष्ट संगीतमा गैरे सुरेशले अवार्ड हात पारे । सर्वोत्कृष्ट पप गायक दीपेशकिशोर भट्टराई र पपसंगीतकारको अवार्ड कमल खत्रीले हात पारे । पप गायिकाको अवार्ड भने आकांक्षा बस्यालले पाइन् । त्यस्तै नवप्रतिभातर्फ गायक प्रल्हाद तिमिल्सिनाले उत्कृष्ट ठहरिए । सर्वोत्कृष्ट लोकदोहारी गायकतर्फ ‘मैले माया गर्न जानिन कि’ बाट विमल डाँगी र गायिकातर्फ विष्णु माझीले अवार्ड पाए । मिलन लामाको ‘बेसारेको मन छैन’ गीतले सर्वोत्कृष्ट लोकदोहारीको अवार्ड हात पार्यो । त्यस्तै राष्ट्रिय गीततर्फ भने सत्यस्वरुपको ‘मेरो देश डुब्नै लाग्यो’ ले अवार्ड पायो भने उत्कृष्ट चलचित्र संगीत अर्जुन पोखरेल, चलचित्र गायक शिव परियार र गायिका दुर्गा खरेलले अवार्ड प्राप्त गरे ।

वरिष्ठ गीतकार किरण खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । भक्तराज आचार्य प्रतिष्ठानद्धारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

अवार्ड वितरण हुनु अघिबाटै आर्थिक चलखेल भएको समाचारहरु प्रकाशन भएका थिए । अवार्ड वितरणको केही दिन अगाडी नै अवार्ड पाउनेको नामावली सार्वजनिक भएको थियो । स्रोतअनुसार त्यो लिष्ट सार्वजनिक भएपछि केही नाम सच्याएर अवार्ड घोषणा गरिएको हो तर पनि अवार्ड पाउनेमध्ये धेरै भने लिष्टमै परेकाहरु रहे । आयोजक कम्पनी आफैंले उत्पादन गरेका गीतसंगीतलाई धरै अवार्ड प्रदान गरिएको देखियो । आयोजक कम्पनीसँग निकट कलाकारहरु पनि भाग्यमानी ठहरिए । राजेश पायल राई , प्रमोद खरेल, अन्जु पन्त, जस्ता सर्वाधिक रुचाइएका गायकगायिका अवार्डमा नसमेटिनु चर्चाको विषय बन्यो । ‘सिम्पल सिम्पल कान्छीको’ बोलको चर्चित गीतले अवार्ड नपाएपछि संगीतकार बसन्त सापकोटा भन्छन, “अवार्ड भन्दै ब्यापार नगरौं, यो धन्दालाई रोकौं ।” अवार्ड समारोहमा दिनेश डिसीले ‘नागार्जुनमा हिउँ पर्दैमा त्यो हिमाल हुदैन’ भनेपछि निकै बेर ताली बजेको थियो ।

अवार्डमा सहभागिताका लागि आवेदनसँगै १००० रुपैयाँ बुझाउनु पर्ने नियमले पनि धेरै जसो कलाकार अवार्डमा सहभागी भएनन् । झण्डै ६०० सहभागी कलाकारबाट ६ लाख रुपैयाँ उठाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>