समाचारसोमबार, बैशाख २०, २०७३

‘अख्तियरद्वारा अख्तियारको दुरुपयोग’

हिमालखबर

पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गैरकानूनी हिरासतमा राखेकोप्रति ललितपुर, पाटनढोका टोलबासीले आपत्ति प्रकट गरेका छन् ।

टोलबासीले विज्ञप्ति जारी गर्दै दीक्षितलाई पक्राउ गरेपछि अख्तियारले ७२ घण्टासम्म पनि कानून व्यवसायीसँग भेट्न नदिनुले नागरिकको संविधानप्रदत्त मौलिक हकको गम्भीर उल्लंघन भएको ठहर गरेका छन् ।

“देशमा नागरिक अधिकारको रक्षार्थ लड्दै आउनु भएका पाटनढोका टोलका एक सम्मानित सदस्य श्री दीक्षितले यस टोल, पाटन शहरको शिक्षा, स्वास्थ्यको विकासदेखि कला, संस्कृति, मठमन्दिर र पुरातात्विक सम्पदाको संरक्षणमा समेत ठूलो योगदान गर्नु भएको छ । पाटनमै केन्द्रीय कार्यालय रहेको साझा यातायातले पनि श्री दीक्षितकै नेतृत्वमा पुनर्जिवन पाएको हो,” विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अवैधानिक नियुक्तिलाई लिएर भएको विरोध प्रदर्शनको नेतृत्व दीक्षितले गरेकै कारण उनीमाथि प्रतिशोधपूर्ण कार्वाही चलाइएको भन्दै पाटनढोकाबासीले अख्तियार प्रमुख कार्कीबाट अख्तियारको दूरुपयोग भएको ठहर गरेका छन् ।
हस्ताक्षरकर्ताहरुः
कुललाल डंगोल
चिरिबाबु महर्जन
शम्भु डंगोल
गजेन्द्र महर्जन
लोक चित्रकार
विकास तिवारी
पार्वती तिवारी
जितेन्द्र महर्जन
सुनिल महर्जन
रमेश महर्जन
श्रीराम शर्मा
केशव शर्मा
सुरेश महर्जन
रेखा महर्जन
जीवन महर्जन
ज्ञान महर्जन
कृष्ण महर्जन
रवि महर्जन
लुलसी महर्जन
लुलसी डंगोल
अखिलेश डंगोल
सन्तोष डंगोल
रामकृष्ण महर्जन
सनत महर्जन
सानुबाबु महर्जन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>