समाचारसोमबार, बैशाख २०, २०७३

पत्रकार दीक्षितको मुद्दामा सुनुवाई हुँदै

हिमालखबर

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको वन्दी प्रत्यक्षिकरणको रिटमाथि अहिले सुनुवाई हुँदैछ ।

दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको बन्दी प्रत्यक्षिकरणको रिटमा १६ वैशाखमा सुनुवाई गर्दै सर्वोच्चले उनलाई २० वैशाखमा चिकित्सकसहित अदालतमा उपस्थित गराउन र नियन्त्रणमा लिनुका कारण लिखितरुपमा पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार अख्तियारले पत्रकार कनकमणि दीक्षितलाई चिकित्सकसहित अदालतमा उपस्थित गराएको छ ।

कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलाशमा रहेको उक्त मुद्दामा अहिले वादी र प्रतिवादीतर्फका कानून व्यवसायीहरुले बहस गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>