समाचारसोमबार, बैशाख २०, २०७३

संवैधानिक परिषद् बैठकः प्रधानन्यायाधीशमा कार्की सिफारिस

हिमालखबर

sushila-karkiसंवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको उक्त सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए ।

परिषद्को यसअघि २८ चैतमा बसेको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्ती अनुपस्थित थिइन् । घर्तीले पहिलो महिला प्रधानन्याधीश नियुक्तिका लागि हुने एेतिहासिक बैठकमा आफ्नो सहभागिता हुनु पर्ने बताएपछि आज बैठक बसी पुन: सिफारिस गरिएको बुझिएको छ । सभामुख घर्तीले कार्की नियुक्तिमा आफ्नो स्वीकृति भएपनि आफ्नै उपस्थितिमा सिफारिस हुनुपर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

दुईपटक सिफारिसको निर्णय गर्नुपरेको हो भन्ने प्रश्नमा मन्त्री खरेलले भने, “परिषद्को आजको निर्णय नै अन्तिम निर्णय हो ।” यसअघि चैत २८ गते संवैधानिक परिषद्को बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>